एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ : रेखा थापा

रेखा0202
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई आह्वान गरेकी छन् ।

चलचित्र निर्मात्री समेत रहेकी उनले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको बताएकी छन्। आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले करिब ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकि रहेको उल्लेख गर्दै एनसेलको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन् ।

एनसेलबाट पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिएकी छटन्।

एनसेलले हाल करिब ४० अर्ब पूँजीगत लाभकर भुक्तानी गर्न बाँकी छ । तर, सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्