‘क्याटवक’ गर्दागर्दै मोडलको मृत्यु

Brazil_Model_Death_90518_y89rluZZi0
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको क्याटवक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ।

आयोजक समितिले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ । वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । अस्पताल पुर्याइए पछि उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको ठाने । पत्रिकाका अनुसार सोअरेस २६ वर्षका थिए । (एजेन्सी)