चीन भ्रमण सकेर नेता नेपाल स्वदेश फिर्ता

madav-nepal-1-1.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चिन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। बेइजिङमा आयोजित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को ‘सेकेन्ड बेल्ट एन्ड रोड फोरम फर इन्टनरनेसनल को–अपरेसन’मा सहभागी भएर नेता नेपाल आज बिहान स्वदेश फर्किएका हुन्।

सम्मेलनमा सहभागी हुन उनी बुधबार चीनको राजधानी बेइजिङ पुगेका थिए। स्वदेश फिर्ता भएसँगै नेता नेपालले सेकेन्ड बेल्ट एन्ड रोड फोरम फर इन्टनरनेसनल को–अपरेसनको कार्यक्रम भव्य र सफल भएको जानकारी दिएका छन्। नेता नेपालले कार्यक्रमलाई सम्बोधन गर्नुका साथै चीन र विश्वका अन्य विभिन्न मुलुकका नेताहरुसँग आनौपचारिक छलफल समेत गरेका थिए।

उक्त कार्यक्रममा ३७ देशका सरकार तथा राष्ट्रप्रमूखसहित पाँच हजारको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि चिनमै छन् । राष्ट्रपतिले भोलि महत्वपूर्ण भेटवार्ता गर्ने बताइएको छ ।