वातावरण सुरक्षित बनाउन प्रहरीले थाल्यो एन्टी बुलिङ अभियान

police
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख। विद्यालय तथा क्याम्पसमा हुने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न नेपाल प्रहरीले एन्टी बुलिङ अभियान सुरु गरेको छ।

सामुदायिक प्रहरी साझेदारी अन्तरर्गत शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानीविरुद्ध अभियान सुरु भएको हो। प्रहरी प्रमुख सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट अभियान शुभारम्भ गरे।

आईजीपी खनालले स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता जनाएका थिए।

अभियान अन्तरर्गत प्रहरीले वैशाख र जेठभर हरेक स्कुलमा पुगेर कार्यक्रम सञ्चालन गर्नेछ। प्रहरीका अनुसार अभियानका क्रममा स्कुल तथा कलेजमा जनचेतनामूलक पोष्टर टाँसिनेछ भने अन्तरक्रियात्मक प्रवचनहरु पनि हुनेछ। छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधबारे समेत सचेतना जगाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्