काठमाडौं, १२ वैशाख । प्रहरीले दुरसंचार ऐन विपरित सीम कार्डको बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल रहेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए ।
राठोरका अनुसार पक्राउ परेका दुई जनाले दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेल र एनटीसीको सीम कार्ड बिक्री गरेका थिए ।
पक्राउ परेका दुवै जनामाथि दुरसञ्चार ऐन, २०५३ को कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।



लाेकपाटी न्यूज

