हनिमुनले रोकियो वर्षाको दाल भात तरकारी

barsha-raut
लाेकपाटी न्यूज

काठमाडौं। सिनेमा जात्रै जात्राको छायाङ्कन सकेर अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला यूरोप उडेका छन्। उनीहरुले इटालीबाट सुरु गरेको हनिमुन ट्रिप फ्रान्स पुगेको छ। अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले फागुनमा बिहे गरेका थिए।

तर, सिनेमाको छायाङ्कनमा वर्षा व्यस्त हुनु, संजोग व्यापारिक काममा व्यस्त हुनुले उनीहरुले हनिमुनका लागि समय निकाल्न पाएका थिएनन्। वर्षा हनिमुन यात्रामा निस्किएपछि उनको फ्रेस रिलिज सिनेमा दाल भात तरकारीको प्रमोशन यात्रा भने रोकिएको छ।

उनी, सिनेमा जात्रै जात्राको प्रमोशनका लागि भने नेपाल आइपुग्ने बताउँछिन्। दाल भात तरकारीमा न्र्षाको साथमा अन्य केही अभिनेत्री पनि छन् भने जात्रै जात्रामा उनी सोलो अभिनेत्री हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्