काठमाडौं, १२ वैशाख। आज वैशाख १२ शक्तिशाली भूकम्प गएको चार वर्ष पूरा भएको छ। चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पमा परि कम्तिमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए। झण्डै २२ हजार नागरिक घाइते भए। भूकम्पका कारण काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङसहितका जिल्लामा बढि क्षति भएको थियो।
झण्डै ८ लाख नागरिक भूकम्पको प्रत्यक्ष मारमा परे। अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी छ। भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेन्।
निजी आवस निमार्ण तर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्ताको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। २०७२ सालको महाभूकम्पअघिको तुलनामा त्यसपछिका समयमा भूकम्प जाने क्रम बढेको छ ।
हिजो बुधबारमात्र धादिङको नौबिसे केन्द्रबिन्दु भएर तीन पटक पराकम्प गएको छ। भूकम्पविद्का अनुसार कुनै स्थानमा ठूलो भूकम्प गएपछि त्यहाँ धेरै बर्षसम्म निरन्तर साना स्केलका भूकम्प जाने गर्छ, जसलाई परकम्प भन्ने गरिन्छ। शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक _पटक भूकम्प जाने भूकम्पविद्को भनाइ छ।



लाेकपाटी न्यूज
