काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा सम्मानित भएका छन्। नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखामा रहेर बेरुजु फर्स्याैटमा महत्वपूर्ण योगदान पुर्याएकोले थापालाई सम्मान गरिएको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार थापालाई नगद रु. ६ हजार र कदर पत्रले सम्मान गरेका थिए। थापालाई आर्थिक वर्ष २०७३/२०७४ को ८५.१५% बेरुजु फर्स्याैटमा महत्वपूर्ण योगदान पुर्याएवापत सम्मानित गरिएको हो। थापा नेपाल प्रहरीकाे आर्थिक प्रशासन महाशाखा प्रमूख हुन्।
गत साता नेपाल सरकारका सरकारी संरचनामध्ये नेपाल प्रहरीले सबैभन्दा बढी बेरुजु फर्स्याैट गरेकोमा गृहमन्त्री रामबहादुर थापा बादलले महानिरीक्षक खनाललाई सम्मान गरेका थिए।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार सरकारी संरचनामा सबैभन्दा कम बेरुजु नेपाल प्रहरीमा देखिएको छ। नेपाल प्रहरी यस वर्ष आर्थिक अनुशासनमा सबैभन्दा अगाडि देखिएको हो।



लाेकपाटी न्यूज

