– बि.बि. श्रेष्ठ
मातृवात्सल्यको त्यो अनुपमता, प्रकृतिको त्यो माधुर्यतामा रमाउन सोच्ने त्यो बालसुधा मस्तिष्क, जब धर्तीमा अवतरणको त्यो पहिलो पाइला स्वखलित हुन्छ। तब जीवनको शुरुवात हुन्छ, मातृवात्सल्यको त्यो अनुपम रमणीय सबैको समान भएता पनि जब धर्तीमा अवतरण हुन्छ, तब शुरु हुन्छ, दायित्व, कर्तव्यवोध। त्यही जिम्मेवारी, दायित्व र कर्तव्यवोधको आभास बालसुधा मस्तिष्कमा नभएता पनि हुर्कने र बढ्ने सँगसँगै फक्रेको त्यो जिम्मेवारीले त्यो सकोमल सोंचलाई वयस्क बनाइदिन्छ। सृष्टिको त्यो निरन्तरतासँगै फक्रेको, फुलेको र किचेको जीवनको आभासले व्यक्तिगत, सामाजिक, राष्ट्रिय भावनाको विकास हुँदै जान्छ।
यही परिचक्रमा उब्जिएको भावावेशले सोंचको त्यो सकारात्मकतालाई आलिगन गर्न खोेजेमा, व्यक्तिगत लिप्तताले जरा गाड्न सक्दैन भने हरेकलाई व्यक्तिगत कुण्ठा र आत्मामनोगत एकांकी सोचको विकास भयो भने त्यो शुद्ध व्यक्तिगत जीवनको एउटा अंश अथवा सृष्टिको निरन्तरता मात्र बन्न पुग्दछ। आम मानवीय जीवन यही एकांकी, स्वार्थले ओतप्रोत र कमजोर मानसिकताको त्यो चास्नीमा चुमेर फगत जीवनयापनमा बित्दछ र सृष्टिको सामान्य चक्रमा रमित बन्दछ। अधिकांशको सामान्य जीवनको परिभाषा नै यही हुन आउँछ, जुन हामीले यापन गरेको चक्र हो।
वालसुधामा ग्रहण गरेको त्यो मस्तिष्क प्रभावले जीवनको गोरेटो कोर्न महत्वपूर्ण भूमिका खेल्दछ। सामाजिक तथा पारिवारिक पृष्ठभूमिका बीचमा उर्बिरिएको त्यो कञ्चन मस्तिष्कमा कोरिएको रेखा नै जीवनयापनको मुख्य सुत्राधार बन्दछ। सकारात्मक सोंचमा जब नकारात्मक सोच हावी हुन पुग्दछ, त्यसपछि जीवन व्यक्तिगत बन्दछ। व्यक्तिगत सोंचको विकास सामान्य हुन्छ, न कि अलौकि।
तर, आम जीवनमा आउने सोंचमा गरिने मनव्ययी सोच महत्वपूर्ण हुन आउँछ। त्यही सोंचको विकासको प्रतिफल नै जीवनको आधार बन्दछ। सोंचको त्यो विविधता र असामान्य गतिविधि शारीरिक तथा मानसिक रुपमा जटिल हुन्छ, त्यसको सामना सहज हुँदैन, त्यसैले आम मानवीय प्रवृत्तिले त्यो सोंचलाई अगिंकार गर्न सक्दैन र आम रुपमा जीवन नै रोज्दछन्। त्यही जीवन नै चुनौतीपूर्ण, कष्टकर, जटिल हुँदैन। सजिलो बाटो हिड्ने आम प्रवृत्ति नै हावी बनिदिन्छ।
हृदयको त्यो कोमलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुँदैन। व्यक्तिगत जीवन पूर्तिका लागि गरिने कर्मभन्दा नवीनतम् कार्यका लागि खर्चिनेहरुको जीवन कष्टकर हुने गर्दछ, जुन हामीले इतिहासमा पनि भोगेका छौं। यही समृद्धता र नयाँपनका लागि, सबैको मुक्ति र सहजताका लागि सोच्ने त्यो दृस्साहस र आँट सायदै कमैले गर्लान्।
चुनौतियुक्त बाटोको सामना गर्नु सामान्य सोंच, हिम्मत र आँटले हुँदैन। तर, त्यही बाटो नै समग्रतामा समाज, देश र जनताका लागि जिउने कडी बनिदिन्छ। संसार नै केही व्यक्तिको त्यो चुनौतियुक्त, कष्टकर सोंचका कारण चलिरहेको यथार्थ हो। अन्य अनुयायीहरु त त्यसको निरन्तरता मात्र हुन्, जसले कष्टपूर्ण जीवन रोज्ने हिम्मत गर्न सक्दैनन्। सोंच र त्यसको कार्यान्वयनमा आउने अर्को समस्याका बीचमा गुज्रिएको मानवीय प्रवृत्तिले अर्को नकारात्मक भावको विकास गरेको हुन्छ। क्षितिजको त्यो कल्पनामा रम्न खोज्ने आत्माका लागि सोंचको त्यो पर्खाललाई डग्मगाउन किञ्चित दिनु हुँदैन। व्यक्तिको प्रवृत्तिमा आउने ह्रासमा आउने व्यापकता नै स्वखलित हुने मुख्य आधार हो। यही परिदृश्यको समागमतामा उभिएर देखिने दृश्य नै अहिलेको वास्तविक धरातल हो, जुन सामान्य हो।
रहरको त्यो चाङ्गलाई समयमा व्यवस्थापन गर्न नसक्दा आइपर्ने समस्या नै जीवन व्यक्तिगत बनाउने मूख्य हतियार हो। कल्पना, रहर, लोभ, लालच र ईश्र्या जीवन व्यक्तिगत गराउने मूख्य तत्व हुन्, जुन आम व्यक्तिको रोजाइमा पर्दछ। सोंचको तरलता र तरंगित मस्तिष्कमा खेल्ने यी ज्वाराभाटले जीवनको यथार्थता बुझाई र भोगाई बुझ्न दिँदैन।
सर्वथाबाहेक स्वार्थता केन्द्रित प्रवृत्तिले जरा गाड्न थाल्दछ, परिवारमात्र सर्वेसर्वा लाग्दछ। यही पारिवारिक सर्वथालाई नै जीवन सोच्ने कमजोर धरातल भएकाहरु सृष्टिका निरन्तरताका सूचकांक हुन्, त्यस्तो सोंच भएका जीवनले आफनो कार्यवधिभरि नवीनतम् कार्य र समाजमा योगदान गर्न कदापि सक्दैनन्।
हृदयको त्यो कोमलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुँदैन। व्यक्तिगत जीवन पूर्तिका लागि गरिने कर्मभन्दा नवीनतम् कार्यका लागि खर्चिनेहरुको जीवन कष्टकर हुने गर्दछ, जुन हामीले इतिहासमा पनि भोगेका छौं। यही समृद्धता र नयाँपनका लागि, सबैको मुक्ति र सहजताका लागि सोच्ने त्यो दृस्साहस र आँट सायदै कमैले गर्लान्। यही पेरिफेरिमा गुज्रिएको सृष्टिको निरन्तरतामा मात्र फस्न लागिसकेको यो सोंचलाई सार्वजनिक हितका लागि उपयोग गर्न सहज छैन।
मुक्तिका लागि गरिने कर्मका लागि आम सोंच र जीवन खान र रमाउनका लागि मात्र हो भन्नेहरुबाट कदापि सम्भव छैन। अमूल्यताको यो विशाल कडीमा आफूलाई कसी लगाउन भरमग्दुर प्रयास सानो सोंचबाट प्राप्त गर्न सकिँदैन। यद्यपि, यो समाज, देश निर्माण गर्ने दायित्य मेरो पनि हो भन्ने सोच्नेहरुका लागि कहीँ न कहीँ कुनै न कुनै पक्षबाट भरपुर मात्रामा लागिरहने हो भने त्यो अदम्य साहसले अवश्य पनि पूर्णता पाउनेछ, जुन सर्वसरोकारका विषय बन्दछ।



लाेकपाटी न्यूज

