मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

Film parinam (3).jpg01
लाेकपाटी न्यूज

काठमाडौं, १० वैशाख । रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ले सहभागीता जनाएको छ । सो फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ छनोट भएको निर्देशक सुभाष गजुरेलले जानकारी गराए ।

सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘परिणाम’मा प्रकृति र सम्पदामाथि मानव जातिले गरेको अपराधबाट सिर्जित परिणामलाई उजागर गरिएको गजुरेलले बताए ।

२० मिनेट लामो यस चलचित्रमा गणेश उप्रेती, सपना श्रेष्ठ, शुभाष गजुरेल, श्याम बरालको अभिनय रहेको छ । गणेश कोइरालाको छायांकन रहेको उक्त लघु चलचित्रमा जनजित केसी सम्पादन रहेको छ। चलचित्रमा टोलगेन्द्र केसीको लेखन रहेको छ भने विश्वराम विष्ट र छविलाल पाण्डेले चलचित्रको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्