काठमाडौं, ९ वैशाख । प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान इटहरीको सह–आयोजनामा आगामी वैशाख २७ र २८ गते उक्त संगीत महोतसव हुन लागेको हो। उक्त दुई दिने बहुभाषिक सङ्गीत महोत्सवमा प्रदेशका सबै जिल्लाबाट बहुभाषी सङ्गीत साधक तथा सङ्गीतकर्मीहरूको सहभागिता रहने प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमूख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले बताए ।
संयोजक प्राज्ञ राईकाअनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता रहने उक्त महोत्सव तयारीका लागि शुक्रबार इटहरीमा सम्पन्न सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको भेलाले महोत्सवलाई व्यवस्थित र भव्य बनाउनका लागि राम धामीलाई स्थानीय मूल समिति संयोजक चयन गरेको छ ।
यसैगरि दुर्गा पराजुली, सोनु जयन्ती, प्रेम अधिकारी, श्रीप्रसाद पोखरेल, दिनेश कोइराला, नरेन्द्र कटुवाल र बालकृष्ण सिग्देलको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।



लाेकपाटी न्यूज

