तनहुँ, ९ वैशाख। बसको ठक्करबाट सोमबार तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी १ निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन्।
बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प.६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो।
मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका ७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको उनले बताए।


लाेकपाटी न्यूज
