पानीजहाज ऐन संशोधनका लागी मन्त्रालय गृहकार्यमा

panijahaj office
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ।

पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताए।

उनले ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्तता रहेको जिकिर गरे। ‘मन्त्रालय ऐन संशोधन गर्नतिर व्यस्त छ । हामीले लगिरहेका छौँ’ –उनले भने। परामर्शदातामार्फत ऐन संशोधन गर्न गृहकार्य थालेको र केही दिनमै यो विषय टुंगिने उनको दाबी थियो। आजको नेपाल समाचारपत्रमा समाचार छ । 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्