मोटरसाइकल दुर्घटनामा परी यादवको मृत्यु

लाेकपाटी न्यूज

नवलपरासी, ९ वैशाख। पश्चिम नवलपरासीको रामग्राम १० नदवामा आइतबार राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।

परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको सो दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। रोकी राखेको यूपी ६५ बि.पी. ३९११ नंको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम १६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो।

यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्