आबुधाबीमा हिन्दु मन्दिर, विश्वभरका हिन्दुले खुलेर प्रसंशा

pic 2
लाेकपाटी न्यूज

काठमाडौं, ८ बैशाख। मुस्लिम राष्ट्र यूएईको अबुधाबीमा हिन्दु मन्दिरको निर्माण हुने भएको छ। पहिलो पटक अबुधाबीमा हिन्दु मन्दिरको निर्माण हुन लागेको हो।

बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण गर्न लागिरहेको उक्त मन्दिरको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रममा उक्त भारतीय संस्थाका अध्यक्ष आध्यात्मिक गुरु महंत स्वामी महाराजले मन्दिरको शिलान्यास गरेका हुन्।

मन्दिरको शिलान्यास कार्यक्रममा यूएईका सरकारी अधिकारी तथा मन्त्रीहरुको समेत उपस्थिती रहेको थियो। सो मन्दिर निर्माणको अनुमती सन् २०१५ मा नै दिईएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईको भ्रमण गरेको समय सो मन्दिर निर्माणको लागि अनुमती सरकारले दिईएको थियो।

उक्त मन्दिर निर्माणका लागि अबुधाबीका प्रिन्स शेख मोहम्मद बिन जाएद अल नहयनले ठुलो क्षेत्रफलको जमिन दान दिएका हुन्। ५५ हजार बर्ग मिटरमा निर्माण हुन लागिरहेको उक्त मन्दिर निर्माणका लागि राजस्थानको बिषेश गुलाबी पत्थर र मार्बलको प्रयोग हुने अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

आबुधाबीमा हिन्दु मन्दिर बन्ने खबरपछि विश्वभर रहेका हिन्दुहरुले सरकारको यस निर्णयको खुलेर प्रशंसा गरिरहेका छन् । (एजेन्सीको सहयोगमा)