कैलाली, ८ बैशाख। कैलालीमा फेरि अर्को डर लाग्दो बलात्कारको घटना सार्वजनिक भएको छ। घोडाघोडीकी १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ७ जनाबाट।
बैशाख १ गते किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ ।
घटनाबारे शनिबार जाहेरी दिएपछि ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही रहेका छन्। अर्को एक जना आरोपी भने फरार छन्।
आफन्तको विवाहमा जाने क्रममा किशोरीमाथि बलात्कार भएको हो। हाल ती किशोरीको काठमाडौँमा उपचार भईरहेको छ। पछिल्लो समय बलात्कारका घटनाहरुको रिपोर्टले भयाभहको अवस्था ल्याउँछ की समाज कतातिर जाँदैछ भन्ने ठुलो चिन्ता नै उत्पन्न गराएको छ।



लाेकपाटी न्यूज
