तनहुँ, ७ वैशाख । तनहुँमा जङ्गलबाट ल्याएको भ्याकुर खाँदा १० जना बिरामी परेका छन्। भ्याकुर खाएर बिराम परेका व्यास नगरपालिका– १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ।
उनीहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानियाँले बताए।
बिरामी हुनेमा ३५ वर्षीया सिता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० वर्षीया चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीया सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीया माया गुरुङ रहेका छन्।
उनीहरुले व्यास–६ कलेस्तीस्थित जंगलबाट ल्याएको भ्याकुर पकाएर खाएका थिए। भ्याकुर खाए लगत्तै उनीहरू विरामी परेका हुन् ।



लाेकपाटी न्यूज
