वसुन्धराश्री र मानश्री पुरस्कार मह जोडीलाई

maha jodi
लाेकपाटी न्यूज

काठमाडौं, ७ वैशाख । मह जोडीका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वसुन्धराश्री तथा मानश्री पुरस्कार पाउने भएका छन् ।

वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले विस २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार मह जोडीलाई दिने निर्णय गरेको हो । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको छ । उक्त पुरस्कार साथै जनही ५० हजार रुपैयाँसमेत नगद दिइने छ ।

विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत प्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान बनाएका कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्