तम्घास, ५ बैशाख। गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्।जिल्लाको छत्रकोट गाउँपालिका ६ निवासी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्।
जिल्लाको छत्रकोट गाउँपालिका ६ निवासी १४ वर्षीया बालिकालाई पाल्पा, तानसेन नगरपालिका ५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए।
मामाघर गएर आमासँगै घर फर्कनेक्रममा मियाँले बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। ‘कसैलाई नभन्नू’ भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरीचौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो। निजलाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताए।



लाेकपाटी न्यूज
