ममाथि आक्रमण भएको छैन : गायिका नेम्बाङ

लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख । गायिका मनु नेम्बाङले आफूमाथि कसैले भौतिक आक्रमण नगरेको बताएकी छिन् । नेम्बाङले फागुन ८ गते ‘मनाङेका केटा हौं, भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला’ शीर्षकको समाचारको खण्डन गरेकी हुन् ।

उनले आफ्नो नाम र फोटो प्रयोग भएकोप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् । ‘हाम्रो संगठन विगेसोले पोखरामा आयोजना गरेको वैचारिक सांस्कृतिक कार्यक्रमको तयारीमा जुटिरहेको बेला फागुन ६ गते साँझ होली खेल्दै आएका युवाहरुले मलाई आक्रमण गरेको भन्ने कुरा सत्य होइन्,’ खण्डनमा भनिएको छ, ‘त्यसदिन संगठनका साथिहरुसँगै कार्यक्रमको तयारीमा थिएँ, मैले होली पनि नखेलेको हुनाले मसँग सम्बन्धित समाचारको खण्डन गर्दछु ।’

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन ९बिगेसो०ले पनि कलाकार नेम्वाङको नाम जोडिएको समाचारको खण्डन गरेको छ । मनु नेम्वाङ आफ्नो संगठनको सल्लाहकार तथा वैचारिक सांस्कृतिक कार्यक्रमको संयोजक रहेका भन्दै बिगेसोले उक्त समाचार सांगठनिक हमलाको दुस्प्रयास भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्