ताइवानमा शक्तिशाली भूकम्प

taewan bhukampa
लाेकपाटी न्यूज

ताइवान, ५ बैशाख। ताइवानमा बिहीबार ठुलो भूकम्प गएको छ। दिँउसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।

स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु हुवालिएन प्रान्तमा रहेको थियो जसको कारण भूकम्पको धक्का राजधानी ताइपेईमा पनि महसुस गरिएको थियो।

भूकम्प आएपछि मानिसहरु आत्तिदै घर छोडेर सडक बाहिर निस्किएका थिए। भूकम्पपछि ताइपेईको भूमिगत रेल पनि बन्द गरिएको छ। भूकम्पबाट के कति क्षति भयो भनेर खुल्न सकेको छैन।