चिलीमा घरमै खस्यो जहाज, ६ को मृत्यु

air-crash-chili.jpg01
लाेकपाटी न्यूज

एजेन्सी, ०४ वैशाख । चिलीमा आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज दुर्घटना भएको छ । जहाज दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार हिजो बिहान जहाज दुर्घटना भएको थियो। चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२ बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ ।

पुर्टोमोन्ट शहरका प्रमूख ह्यारी जुर्गेन्सेनले उक्त विमान उड्नासाथ दुर्घटना भएको जानकारी दिए। विमान दुर्घटना भएर एउटा घरमा खसेपछि त्यहाँ रहेकी एक महिला घाइते भेटिएको बताइएको छ । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

विमानको ब्लाकबक्स भेटिए पनि दुर्घटनाको कारण खुलेको छैन । नागरिक उड्डयन प्राधिकरणले दुर्घटनाको छानविन शुरु भइसकेको जनाएको छ ।