काठमाडौं, ४ बैशाख । भारतको चर्चित रियालिटी सो बिग बोस अब नेपालमा पनि हुने भएको छ । भारतको चर्चित रियालिटी सो बिग बोसको नेपाली फ्रेन्चाइज घोषणा भएको हो ।
आइम्याक्स प्रोडक्सनले उक्त फ्रेन्चाइजलाई नेपालमा ल्याएको हो। सोको अफिसियल पोस्टरसमेत सार्वजनिक गरिएको छ। पवन शाह, माधव ढुङ्गेल, अर्जुन केसीले आइम्याक्स अन्तर्गत यो सोलाई नेपालमा ल्याएका हुन्। नेदरल्याण्डको इन्डमोल्साइन इन्टरनेसनल बिग ब्रदरले नेपालको आइम्याक्स प्रोडक्सनलाई बिग ब्रदरको फ्रेन्चाइज प्रदान गरेको हो। रियालिटी सोको नाम भने बिग बोस नेपाल रहनेछ।
फ्रेन्चाइजलाई दर्शकले रुचाउनेमा आशाबादी रहेको आइम्याक्स टिमले जनाएको छ । अर्जुनले भने अहिले फ्रेन्चाइजको जमाना छ। भारतमा बिग बोसको नम्बर वान टिआरपी छ। पछिल्लो समय अन्य फ्रेन्चाइजले पनि नेपालमा राम्रे प्रतिक्रिया बटुलेको छ। भारत र नेपालको सँस्कृति मिल्दोजुल्दो छ। त्यसैले पनि नेपालमा पनि यसले सकरात्मक प्रतिक्रिया बटुल्नेमा आशावादी छौं।
पहिलो सिजनमा सेलेब्रेटी भर्सेस कमन म्यान हुने उनले जनाए। सेट बनाउने काम करिव ५० प्रतिशत सकिसकेको उनको दाबी छ । भारतमा सोलाई सलमान खानले होस्ट गर्दै आएका छन्। नेपाली फ्रेन्चाइजका लागि भने अझै कोही फाइनल भएका छैनन्।



लाेकपाटी न्यूज

