काठमाडौं, ४ बैशाख । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको मृत्यु भएको छ । बरिष्ठ पत्रकार श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।
उनको बुधबार बिहान ११ बजे ४९ मिनेटमा निधन भएको पत्रकार इश्वरराज ढकालले जानकारी दिए । श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।
त्यसपछि उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।



लाेकपाटी न्यूज
