चिहानबाटै मानव अस्थिपञ्जर चोरी

लाेकपाटी न्यूज

एजेन्सी । सुन्दा अचम्म लाग्ने तर, भेनेजुएलाको चिहानमा पनि चोरी हुन थालेको छ । भेनेजुएलाको राजधानी कराकसस्थित चिहानमा पनि लुटपाट हुन थालेको हो ।

लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री हुन्छ। आपराधिक समूहहरू चिहानमा सुनको दाँत र मूल्यवान् आभूषण पनि खोज्ने गरेको तथ्य बाहिर आएको छ । उनीहरुले चिहानमा तोडफोड समेत गर्ने गरेका छन् ।

एक स्थानीयले भने, ‘म प्रत्येक हप्ता यहाँ आउँछु र मेरी श्रीमतीको चिहान हेर्छु । कुनै दिन मेरी श्रीमतीको अवशेष हुने छैन भनेर मलाई चिन्ता लाग्छ ।’ ऐतिहासिक व्यतक्तहरुको चिहानमा समेत तोडफोड गरिएको उनको भनाइ छ । उनी भन्छन्, ‘यो कानून विहिनताको अवस्था हो र यहाँ कुनै कुरामा सम्मान छैन ।’

जार्ज स्कानो सहि अवस्थामा रहेको अन्तिम चिहानबाट आफ्ना आफन्तको अवशेष निकाल्न चाहान्छन् । ‘सामाजिक मान्यताहरु भत्कीए, शिक्षाको अभावमा हाम्रो घर र संस्थाहरुमा मुल्य हराउँदा यस्तो हुन थालेको हो । पछिल्ला वर्षहरुमा यो देशले राजनीतिमा मात्र ध्यान दियो । हामीलाई मान्छे बनाउने कुराहरु हामीले बिर्सियौं’ उनले भने ।

सन् २०१६ मा सरकारले चिहानको सुरक्षाका लागि प्रहरी गस्ती बढाएको थियो । तर, अहिले स्थिती नियन्त्रण बाहिर गइसकेको चिहान स्थलमा काम गर्नेहरु बताउँछन् ।