काठमाडौं, ०३ वैशाख । धनगढी नगरपालिका–७ बस्ने १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुखिपुर नगरपालिका–८ बस्ने २६ वर्षीय जो जो भन्ने कृष्ण मण्डल र सोही नगरपालिका–४ बस्ने २५ वर्षीय संजय श्रेष्ठ रहेका छन् । पाहुना बस्न आएका निज बालकलाई मण्डल र श्रेष्ठले सुखिपुर नगरपालिका–८ स्थित बाबुराम खोलामा लगेर मुख थुनी जबरजस्ती अप्राकृतिक मैथुन तथा मुख मैथुन गरेको भन्ने सूचना प्राप्त भए पश्चात इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जबरजस्तीकरणीको अभियोगमा पक्राउ
निजगढ नगरपालिका–३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्तीकरणी गरेको भन्ने जानकारी भए पश्चात इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै जनकपुर उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय ईन्द्रेशकुमार सिंहसमेत ४ जनाको साथमा रहेको मोबाईल तथा सुनको सिक्री समेत लुटपाट भएको छ ।
जनकपुर उपमहानगरपालिका–१५ स्थित ज.७ प ५६२ र ज.१० प २०९५ नम्बरको मोटरसाइकलमा आएका ४–५ जनाको समूहले पुरानो रिसईवीको कारण सोमबार राति उनीहरुलाई कुटपिट गरी घाइते बनाई साथमा रहेको उक्त सामान लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने ३४ वर्षीय मोनारिस राईन समेत ३ जनालाई पक्राउ गरेको छ ।
चोरी गरी भाग्ने क्रममा पक्राउ
नागार्जुन नगरपालिका–९ दुर्गानगर कोलोनीस्थित डेरा गरी बस्ने सिरहाका ३३ वर्षीय रञ्नजराज चौधरीको कोठाबाट सोमबार साँझ कोही नभएको अबस्थामा चोरी गरी भाग्ने क्रममा भक्तपुर बस्ने दोलखाका ४५ वर्षीय सुनिल श्रेष्ठ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ३ जना व्यक्तिहरुले चौधरीको कोठाबाट नगद ९५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी भागेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अर्का फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै नुवाकोटको सूर्यगढी गाउँपालिका–३ उर्गेन गुरु सिन्डु गुम्बामा रहेको करिब ३० वर्ष पुरानो मूर्ति जस्तो देखिने सानो ३ वटा धातुको सामान सोमबार साँझ चोरी भएको छ ।
घाइते बनाएको अभियोगमा पक्राउ
ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित धापाखेल बस्ने २५ वर्षीय प्रभाग राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सातदोबाटो बस्ने तनहुँ बन्दीपुरका २२ वर्षीय सुजन गुरूङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करिब १५ जनाको समूहमा आएका व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा घाइते भएका राईको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

