काठमाडौं, ३ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको पनि मृत्यु भएको छ ।
गत बुधबार पूर्वराजा शाह चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको थियो भने प्रकाश घाइते बनेका थिए। मंगलबार उनको उपचारका क्रममा र्मत्यु भएको हो । विराटनगरको विराट नर्सिङहोममा उपचाररत घाइते इटहरी उपमहानगरपालिका– ९ का प्रकाश उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको गत बुधबार नै मृत्यु भएको थियो भने घाइते प्रकाशको मंगलबार मृत्यु भएको हो ।



लाेकपाटी न्यूज

