प्रियंका र दिलीप पहिलो पटक ‘पशुपतिमा सुनैको गजुर’ मा (भिडियोसहित)

priyanka- dilip
लाेकपाटी न्यूज

काठमाडौं, ०२ वैशाख । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो ‘पशुपतिमा सुनैको गजुर’ नयाँ वर्षको दिन सार्वजनिक गरिएको छ ।

दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन्।

संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जब त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ बनाउँछ भन्ने कुरा गीत र म्युजिक भिडियो मार्फत देखाइएको छ ।

अभिनेता दिलिप र अभिनेत्री प्रियकां कार्कीका छुट्टाछुट्टै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयाँ म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गीत र संगीतमा पहिलो पटक पशुपतिमा सुनैको गजुरमा गीतको भिडियोमा देख्न सकिन्छ ।

नेपाल आइडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपालकी चर्चित गायिका मेलिना राईले स्वर दिएको उक्त गीतमा बसन्त सापकोटाले संगीत संयोजन रहेको छ । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् भने डी फोर क्रियशनले युटुव च्यानल मार्फत नयांँ वर्ष २०७६ को अवसर पारेर सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्