सामाजिक सञ्जालमा भाइरल बन्याे सलमान र ऐश्वर्याको २० वर्ष पूरानो तस्बिर

salman
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड स्टार ऐश्वर्या राय र सलमान खानको एउटा पुरानो तस्विर भाइरल बनेको छ । सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट एक अर्कासँग प्रेममा परेका ऐश्वर्या र सलमानको एउटा पूरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

सलमान र ऐश्वर्याको जोडी बलिउडमा अत्याधिक रुचाइएको जोडी हो । उनीहरुको जोडी जस्तै प्रेम पनि अगाध नै थियो । तर, सम्बन्धमा आएको विभिन्न समस्याले उनीहरुको सम्बन्ध टुट्यो । भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्यासँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ । सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् ।

भारतीय सञ्चार माध्यम पञ्जाब केशरीका अनुसार उक्त तस्बिर उनीहरुको डेटिङको हो । तस्बिरमा क्याप्सन ‘Nations wants to know who leaked this pictures!’ लेखिएको छ । यद्यपि, सलमान र ऐश्वर्या यतिबेला आ–आफ्नो नीजि जीवनमा व्यस्त छन् । ऐश्वर्या अभिषेक बच्चनसँग बिहे गरेर वैवाहिक जीवन व्यतित गरिरहेकी छिन् भने सलमान अझैसम्म अविवाहित छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्