कति छ साेमबार विदेशी मुद्राकाे भाउ ?

Doller
लाेकपाटी न्यूज

काठमाडौं, २ बैसाख । सोमबार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ३५ पैसा तोकेको हो । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४१ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४५ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०२ पैसा रहेको छ ।