पक्की पुल ढल्दा पाँच मजदुर घाइते

pul dhalyo
लाेकपाटी न्यूज

गुल्मी, २ बैशाख। गुल्मीको मुसिकोट नगरपालीकामा रहेको बडिघाट खोलामा निर्माण हुँदै गरेको पक्की पुल ढल्दा पाँचजना घाइते भएका छन्।

मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट खोलाको झेदीमा निर्माण हुँदै गरेको पक्की पुल आइतवार ढलान गर्ने क्रममा अचानक बेस भाँचिएर ढल्दा पाँच मजदुर घाईते भएका हुन्।

निर्माण व्यवसायीसहित पाँचजना मजदुरहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। घाइते हुनेहरुमा चितवनका निर्माण व्यवसायी ऋषीराम इटानी, मुसिकोट नगरपालीकाका रामबहादुर राना, रुद्र बहादुर कार्की, गणेश राना र तुलबहादुर राना रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्