विप्लव समूहका जिल्ला सदस्य बस्याल पक्राउ

biplob
लाेकपाटी न्यूज

नवलपरासी, १ बैशाख। पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याल पक्राउ परेका छन्।आइतबार विहान घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो।

पछिल्लो समय राजनीतिकमा कमै सक्रिय रुपमा लागेका उनी नेकपाका जिल्ला सदस्य समेत हुन्।

सरकारले विप्लवको पार्टी नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भए पनि बस्याल भने खुल्ला रुपमा बर्दघाटमा आफ्नै घर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्