अब खाता खोल्नेलाई एक सय रुपैयाँ उपलब्ध गराइने : डा.खतिवडा

Yubraj Khatiwoda
लाेकपाटी न्यूज

काठमाडौं, १ बैशाख। अर्थमन्त्री डा युवराज खतिवडाले गरिबीको चंगुलबाट मुक्ति दिनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको बताएका छन्।

आइतबार नयाँ वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाताको शुभारम्भ समारोहमा बोल्दै अर्थमन्त्रीले खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमले गरिबीबाट माथि जान महत्वपूर्ण सहयोग गर्ने उनले दाबी गरे।

यो योजनाअन्तर्गत ७० वर्ष उमेर पुगेका नागरिकको स्वास्थ्य बीमा १ लाखसम्मको सरकारले नै गरिदिनेछ। उनले सबैलाई बैंकमा खाता खोल्न अपिल गरे। वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएको कारण नै सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको बैंक खाता कार्यक्रम समावेश गरिएको बताए।

अब खाता खोल्नेहरुलाई सय रुपैयाँ उपलब्ध गराइने जानकारी दिँदै उनले बैंक खाता नभएकालाई तत्कालै खोल्न आग्रह गरे । तर बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ राखेर खाता खोल्न अर्थमन्त्रीले आग्रह गरे ।