अमेरिकाको टेक्सासमा आयो टोर्नाडो, चारको मृत्यु

tornado
लाेकपाटी न्यूज

टेक्सास । अमेरिकाको टेक्सासमा शक्तिशाली आँधी आउँदा ३ जना बच्चा र एक महिला सहित चार जनाको मृत्यु भएको छ। आँधीबाट करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

शनिबार अपरान्ह आएको सो आँधीले थुप्रै घरहरु पनि क्षतिग्रस्त भएका छन् । एउटा घटनामा मृत्यु हुनेमा ८ र ३ वर्षका दुई बच्चा भएको जनाइएको छ । आँधीले गुडीरहेको गाडीमाथि रुख ढल्दा दुई बच्चाहरुको मृत्यु भएको बताइएको छ । अगाडिको सिटमा रहेका बाबु आमा भने सुरक्षित छन् । सो आँधी टोर्नाडो भएको समाचारमा उल्लेख छ ।

अर्को घटनामा वेस्ट मोनरोमा १३ वर्षीय बालक खाल्डोमा पर्दा उनको मृत्यु भएको छ । त्यसैगरी हाउस्टोनमा अर्की एक महिलाको मृत्यु भएको जनाइएको छ । घटनाको पूर्ण विवरण आइनसकेको जनाइएको छ ।