सोलुखुम्बु, १ बैशाख। लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना भएको हो।
पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए। विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन।
विमान ठोक्किएलगत्तै आगो लागेको प्रत्यक्षदर्शी जीतबहादुर कार्कीले बताए। विस्तृत विवरण आउन बाँकी छ।



लाेकपाटी न्यूज
