आज बालुवाटारमा रात्रिभोज, क-कसलाई छ निम्ताे ?

Baluwatar
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । नयाँ वर्षका उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओली भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

उनी नयाँ बर्ष २०७६ को उपलक्ष्यमा आइतबार विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। नयाँ बर्षकै उपलक्ष्यमा आज प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन्।

स्रोतका भनाईमा, सो रात्रिभोजमा नेकपा स्थायी समितिका सदस्यहरु, मन्त्री परिषदका सदस्यहरु लगायत सत्तारुढ दलका नेताहरुलाई निम्त्याइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्