आज जुन ओझेलमा छ,तारा ओझेलमा छ
त्यो सुन्दर सुदुरमा सर्वहारा ओझेल मा छ।।
हिजो परिवर्तनका लागि क्रन्तिमा होमिएको उ
आज भने आफै घाइते छ विचारा ओझेलमा छ ।।
विवादै विवादमा खेल्ने यो सरकारको रवैयाले
विकाश अनि समृद्धीको नारा ओझेलमा छ ।।
प्रश्न गर्छु आज पनि जवाफ चाहियो सरकार
किन त्यो रोल्पा रूकुम अनि रारा ओझेलमा छ।।
जनता प्रति प्रतिवद्ध यो राजनीति नहुनाले
शिक्षा स्वास्थ्य रोजगार सारा ओझेल मा छ ।।
रमेश अवस्थी
धनगढी ,कैलाली ।
हाल नयाँ बानेश्वर काठमाडाैं



लाेकपाटी न्यूज

