नयाँ दिल्ली । भारतमा बिहीबारदेखि भइरहेको लोकसभा चुनावमा केहि सेलिब्रेटीहरुले भोट दिन पाएका छैनन् ।
यस्ता स्टारहरु जो भारतमा राष्ट्रप्रेमको कुरालाई लिएर जोडदार अभिनय, सामाजिक सञ्जालमा अभियान लगायतका कुराका लागि सक्रिय त देखिन्छन् तथापि उनीहरु भारतमा मताधिकारबाट भने परै छन् । त्यस्ता छन् मताधिकारबाट बञ्चित बलिउड सेलिब्रेटीहरु ।
यस्ता कलाकारहरुमा अक्षय कुमार, दिपीका पादुकोण, आलिया भट्ट र कट्रिना कैफको नाम अगाडि आँउदछ । सामाजिक मुद्धाका चलचित्रहरु प्याड म्यान देखि राष्ट्रप्रेमले ओतप्रोत चलचित्र केसरीसम्म अनि बेबी देखि होलिडे सम्म खेलेका सच्चा भारतीयको छवी भएका अक्षय कुमारसंग भारतमा मताधिकार छैन । अक्षय कुमार भारतीय मुलका तर क्यानडाका नागरीक हुन् तसर्थ उनले भारतमा मतदान गर्न पाँउदैनन ।
भारतमा डबल नागरीकताको प्रावधान छैन । उता दिपीका पादुकोण पनि डेनमार्क की नागरीक हुन्, उनीसंग भारतमा मताधिकार छैन । राजी जस्तो देशप्रेमले ओतप्रोत चलचित्रकी नायिका आलीया भट पनि ब्रिटिश नागरीक हुन् ।
कट्रिना कैफ पनि बेलायती पासपोर्टमा आवतजावत गर्दछिन्, भारतका लागि उनी चर्चित नायिका त हुन तर उनको नागरीकता विदेशी हो । यी बलिउड सेलिब्रेटीहरुले भारको कुनै पनि चुनावमा भोट दिन पाउँदैनन् ।



लाेकपाटी न्यूज

