काठकाडौं, ३० चैत । सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। शुक्रबार राति धरानबाट इटहरी तर्फ आँउदै गरेको कार, ट्याक्टर र बस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।
कार, ट्याक्टर र बस राती धरान–८ सेउती पुलनजिक आपसमा ठोक्किएका थिए । दुर्घटनामा इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटाका जनक वुढाथोकी र इटहरी–४, का मदन लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ज्यान गुमाउने सबै कारमा सवार थिए।
सुरुमा धरानबाट इटहरीतर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कार सोही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरसँग ठोक्किएको थियो। ट्रयाक्टरसँग ठोक्किएको कार इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा गएर ठोक्किँदा कारमा सवार तीन जनाको ज्यान गएको हो।
दुर्घटनामा कार चालक मोरङको सुन्दर हरैचा–४ का ४५ वर्षीय गोविन्द बस्नेत गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित विराट नर्सिङहोममा उपचार भइरहेको छ। बाँकी ८ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बसमा सवार पाँच र ट्रयाक्टरमा सवार तीन जना भने सामान्य घाइते भएका प्रहरीले जनाएको छ।


लाेकपाटी न्यूज

