नेपाल महिला चेम्बरद्वारा मेला तथा स्वास्थ्य शिविर सम्पन्न

women chember
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । नेपाल महिला चेम्बरले मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिला चेम्बरले नयाँ बर्षको अवसर पारेर शुक्रबार मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

नक्साल स्थित स्टार भेन्यूमा आयोजित मेला तथा स्वास्थ्य शिविरमा उद्योगी, व्यवसायी, सर्वसाधारण आदिको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा महिला उद्यमीबाट उत्पादित हस्तकलाका सामाग्री, मेकअप सामाग्री, लत्ता कपडा तथा खाद्य सामाग्रीहरु बिक्रीका लागि राखिएको थियो ।

त्यसैगरि नेपाल महिला चेम्बरले स्व. ईश्वरलाल श्रेष्ठ प्रतिष्ठान, नेपाल क्यान्सर हस्पिटल र निदान हस्पिटलसँगको सहकार्यमा स्तन क्यान्सर तथा मुटु परीक्षण सम्बन्धी शिविर आयोजना गरेको छ । शिविरमा निःशूल्क रुपमा होल बडि चेकअप, ब्लड टेस्ट, इसिजी, स्तन क्यासर चेकअप गरिएको थियो ।

यसै माझ महिला चेम्बरले एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम माझ राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अन्जना ताम्राकारलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमूख अतिथी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरद्वारा प्रकाशित नयाँ बर्ष २०७६ सालको पात्रोको अनावरण समेत गरेका थिए । ततपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरले स्थापनाको छोटो समयमा महत्वपूर्ण कार्यक्रम गतिविधिको आयोजना गर्दै महिलाहरुको आर्थिक सशक्तीकरणका निम्ति महत्वपूर्ण योगदान पु¥याएको बताए।

त्यसैगरि नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुले अवसर पाएको खण्डमा जस्तासुकै कठिन चुनौतीको पनि सामना गर्न सक्ने बताउँदै उनीहरुको क्षमतालाई प्रस्तुत गर्ने वातावरण तयार पार्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताइन्। उनले महिला चेम्बर महिलालाई आत्मनिर्भर र सक्षम बनाउने दिशामा कटिबद्ध भई लाग्दै आएको पनि बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्