मुम्बई, २९ चैत । चर्चित बलिउड निर्देशक राज कपूरको निधन भएको छ । चर्चित टिभी रियालिटी शो ‘फौजी’का निर्देशक राज कपूरको ८७ वर्षको उमेरमा निधन भएको हो ।
बुधबार उनको एक नीजि अस्पतालमा निधन भएको उनकी छोरी ऋतम्भराले सामाजिक संजाल मार्फत बताएकी छिन् । उनकी छोरीले आफ्नो सामाजिक संजालमा लेखेकी छन् ‘मेरो बुबा राज कपूरको बुधबार निधन मध्य रातमा भएको हो। उनको अत्येष्टी बिहिबार साढे तीन बजे गरियो।’
राज कपूरले बलिउड बादशाह शाहरुख खानलाई पहिलो पटक टेलिभिजनको दुनियामा अवसर दिएका थिए । उनको अत्येष्टि बिहीबार दिल्लीमा गरिएको छ । यता कपूरको निधनको खबर फौजी म्यागजिनको आधिकारिक ट्वीटरबाट समेत जानकारी दिइएको छ। राज कपूर चलचित्र क्षेत्रमा आउनुभन्दा पहिले सेनामा कर्नल थिए । उनी सेनाको जागिरबाट सेवानिवृत भएपछि मुम्बइ आएका थिए।
उनले विज्ञापन तथा टेलि चलचित्रहरु बनाएका थिए। यस बाहेक उनले ‘व्हेन शिवा स्माइल्स’ नामको नोबेल लेखेका थिए । उनले शारुख खानलाई आफ्नो शोमा अवसर दिएका थिए। तर, उनले शारुखको सफलताको श्रेय कहिले लिएनन्।
उनले सधै भनेका थिए ‘शारुखलाई मैले होइन उसका बुबाआमाले सफल बनाएका हुन्। मैले एउटा राम्रो कलाकारलाई मौका मात्र दिए। ’उनको ‘फौजी शो आर्मी ट्रेनिङ स्कूलमा समावेश हुने ‘कमाण्डो’ मा आधारित थियो।



लाेकपाटी न्यूज

