खनालको मृत्युपछि स्थानीयले जलाए टिपर

tippar2
लाेकपाटी न्यूज

नुवाकोट, २९ चैत । नुवाकोटको बट्टारमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बट्टारमा शुक्रबार बिहान टिपरले एक जनाको ज्यान लिएको हो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक बट्टारका दिवाकर खनालको घटनास्थलमै ज्यान गएको छ भने ठक्करबाट मोटरसाइकलमा रहेका अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बट्टारबाट गंगटेतर्फ गइरहेको बा ५ ख २८९८ नम्बरको टिपरले विपरित दिशावाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त घटनापछि स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित भएका स्थानीयले ठक्कर दिने टिपरमा आगजनी समेत गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्