दुर्घटनासम्बन्धि जनचेतना जगाउँदै नेपाल प्रहरी

Nepal police
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय परासीको आयोजना साथै पाल्हीनन्दन गाउँपालिकाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम बिहीबार बेलासपुरमा सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’को अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पावित्री कोंहार, डिएसपी वीरेन्द्र थापासहित वडाका जनप्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति थियो।

कार्यक्रममा लागूऔषध, लैङ्गिक हिंसा साथै प्राकृतिक प्रकोपबाट बच्न अपनाउनुपर्ने सुरक्षात्मक उपायका सम्बन्धमा डिएसपी वीरेन्द्र थापाले प्रकाश पारेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष गुप्ताले प्रहरीलाई निर्धक्क आफनो गुनासो, पीडा र सूचना प्रदान गरी अपराधमुक्त समाज निर्माणमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए।

त्यस्तै समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नै जिल्ला प्रहरी कार्यालयको आयोजनामा बुधबार रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीमा रहेको सगरमाथा बोर्डिङ स्कुलमा लागूऔषध, घरेलु हिंसा तथा प्राकृतिक प्रकोप लगायतका समसामयिक विषयमा अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लागूऔषध, घरेलु हिंसा साथै प्राकृतिक प्रकोपबाट बच्न अपनाउनुपर्ने सुरक्षात्मक उपायका बारेमा प्रहरी निरीक्षक विक्रम सुवेदील जानकारी गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्