के कुरामा भयाे अमिताभ र शाहरुखबीच विवाद

amitabh_sharukh_MG4rNJCeYE.jpg0101
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत । बलिउडका चर्चित दुई हस्ती महानायक अमिताभ बच्चन र शाहरुख खान बीच विवाद चर्किएको छ। ७६ वर्षका बच्चन र ५३ वर्षका खान धेरैजसो एक–आपसमा ठट्टा गरिराख्थे। तर, हालै अमिताभ बच्चनले शाहरुखप्रति असन्तुष्टि व्यक्त गर्दा उनीहरुबीच पुनः तिता–मिठा विवाद सुरु भएको हो।

वास्तवमा भएको के हो भने अमिताभ बच्चनले शाहरुख खानको निर्माण कम्पनी रेड चिलिजको ब्यानरमा बनेको फिल्म ‘बदला’ मा काम गरे जुन बक्स अफिसमा हिट रह्यो । तर, फिल्म निर्मातादेखि डिष्ट्रिब्यूटर्ससम्म कसैले पनि यसको प्रशंसा नगर्दा बिग बीले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले एक ट्वीटलाई रि–ट्वीट गर्दै लेखेका छन्, ‘निकै लामो समयपछि कसैले यो ‘साइलेन्ट सक्सेस’ बारे कुरा गर्यो । किनभने न त निर्माता, न डिष्ट्रिब्यूटर्स, न लाइन निर्माता र न नै यो क्षेत्रका कसैले पनि एक न्यानो सेकेन्डका लागि फिल्मको सफलताको प्रशंसा गर्ने समय निकाल्न सकेनन् । धन्यवाद ।’

उनले एसएससी–साइन्स स्पोर्टस सिनेमा नामको ट्वीटर ह्यान्डलसँग ‘बदला’ को कलेक्सन सेयर गरेर बिग बी र उनकी नायिका तापसी पन्नुको तारिफ गर्दै लेखेको थियो, ‘फिल्कले ८५ करोडको ल्याण्डमार्क छुन्छ भनेर अनुमान गरिएको थियो । भारतमा ८५.५६ करोड, विश्वव्यापी रुपमा १३५.६५ करोड । १३७ करोडतर्फ अघि बढ्दै । घरेलू ग्रस १००.८ करोड । सर बच्चन र तापसीले पुनः ब्लकबस्टर फिल्म दिएका छन् ।’

शाहरुखको जवाफः
बिग बीको ट्वीट देखेर शाहरुख खानले लेखेका छन्, ‘सर हामी त तपाईंले कहिले पार्टी दिनुहुन्छ भनेर प्रतिक्षा गरिरहेका थियौं । हामी हरेक रात जालसा बाहिर प्रतिक्षा गरिरहेका छौं ।’ शाहरुखको यस्तो जवाफमा अमिताभले जवाफ दिए, ‘ओई, फिल्ममा काम हामीले गर्यौं, निर्माण तपाईंले गर्नुभयो, प्रोमोशनमा निःस्वार्थ योगदान हामीले दियौं, अब पार्टी पनि हामीले दिने ? जालसा बाहिर हरेक राती कोही पनि आउँदैन ।’

बच्चनको यस्तो जवाफपछि शाहरुखले शाहरुखले फेरि जवाफ फर्काउँदै लेखे, ‘सर फिल्म तपाईंको हो, अभिनय पनि तपाईंको, हिट पनि तपाईंकै कारण भयो । तपाईं नभएको भए फिल्म हुँदैनथ्यो, त्यसकारण पार्टी पनि ???’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्