स्कुटर चोरीमा संलग्न ५ पक्राउ (नामसहित)

arrested
लाेकपाटी न्यूज

काठमाडौं, २७ चैत । स्कुटर चोरी कार्यमा संलग्न ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका–६ का १९ वर्षीय सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका–१ का १९ वर्षीय बिक्रम श्रेष्ठ, झापा भद्रपुर नगरपालिका–३ का २१ वर्षीय बिपिन गुरुङ, अर्घाखाँची सन्धिखर्क नगरपालिकाका १८ वर्षीय बिबेक खनाल र चितवन पुरानो पर्साका १८ वर्षीय अभिषेक बराम रहेका छन् ।

चैत १९ गते राति काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित बिकास श्रेष्ठको घर कम्पाउण्डमा पार्किङ गरी राखेको अवस्थामा बा.७८ प १०१३ नम्बरको स्कुटर चोरी भएको घटनाको सम्बन्धमा अनुसन्धान तथा खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चैत २१ गते काठमाडौं महानगरपालिका–३१ बाट बा.५० प ७६२ नम्बरको स्कुटर चढिरहेको अवस्थामा बिबेक र अभिषेकलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि सोधपुछको क्रममा उक्त स्कुटर सुरज थापाको भनि बताएपछि खोजी गर्दै जाँदा बिकास श्रेष्ठको घर कम्पाउण्डबाट हराएको बा.७८ प १०१३ नम्बरको स्कुटरसहित सुरजलाई प्रहरीले फेला पारेको हो । सोधपुछ गर्दा बिक्रम र बिपिन समेतको संलग्नतामा उक्त स्कुटर चोरी गरी ल्याएको हो भन्ने खुल्न आएको छ । निजहरुको साथबाट हाल धनी नखुलेको बा.५४ प २६८ नम्बरको स्कुटरसमेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्