सवारी दुर्घटनामा ५ को मृत्यु २७ घाइते 

लाेकपाटी न्यूज

काठमाडौं, २५ चैत । सुनसरी र नवलपरासी (पश्चिम) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरो पोइन्टस्थित जानकी चोकमा ना.६ ख २७१३ नम्बरको यात्रुबाहक बस सोमबार दिउँसो बिजुलीको पोलमा ठोकिन गई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार धरान उपमहानगरपालिका–८ बस्ने चालक चक्र बहादुर गुरुङ लगायत ४ जनाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा भएका अन्य २७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ ज्यामिरेको पुल नजिकै महेन्द्र राजमार्गमा सोमबार बिहान हाल नम्बर नखुलेको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी पैदलयात्री करिब ५० वर्षीया महिलाको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्