नियन्त्रित लागूऔषधसहित दुई पक्राउ

Arrest
लाेकपाटी न्यूज

कास्की, २५ चैत । पोखरा महानगरपालिका–७ स्थित शुभेच्छा फार्मेसी पसलमा नियन्त्रित लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त पसलकी बिक्रेता ४० वर्षीया सुशिला पराजुली र खरिदकर्ता पोखरा महानगरपालिका–६ शान्ति पाटन बस्ने २० वर्षीय राजकुमार परियार रहेका छन् ।

उक्त पसलमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले पसलमा बिक्री वितरणका लागि राखेको लागूऔषध ट्रामाडोलआईपी २ हजार ५ सय ट्याब्लेट र अपकाडोलपि १ हजार ट्याब्लेट सहित सुशिलालाई र ट्रामाडोल आईपी १० ट्याब्लेट सहित राजकुमारलाई पक्राउ गरेको हो ।

निजहरुलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग बिजुलीबजार काठमाडौं बुझाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्