मौलिक संस्कृति प्रवद्र्धन गर्न तामाङ अन्तराष्ट्रिय फिल्म फेस्टिभल

Tamang
लाेकपाटी न्यूज

काठमाडौं, २५ चैत । बैशाखमा तामाङ अन्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ । तामाङ समुदायको मौलिक संस्कृति, विषयबस्तु र ज्ञान परम्परा प्रवद्र्धनको उद्देश्य सहित तामाङ अन्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको हो ।

तामाङ आवाज, सेलो फाउण्डेसन र एससीआरसीले गर्न लागेको उक्त महोत्सव बैशाख २६ र २७ गते काठमाडौंमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्ने महोत्सव अध्यक्ष विगेन्द्र तामाङले बताए । गैरतामाङ एवं विदेशी चलचित्रकर्मीको हकमा तामाङ समुदायको विषयवस्तुमा आधारित फिल्म हुनुपर्ने उनको भनाइ छ ।

रिलिज नभइसकेको फिचर लेन्थ, सर्ट फिल्म, डकुमेन्ट्रीस“गै म्युजिक भिडियो समेत महोत्सवमा प्रतिस्पर्धा गर्न पाउने महोत्सव बताइएको छ । ‘मुलुकको सांस्कृतिक पर्यटन प्रवद्र्धनको उद्देश्यले पनि महोत्सव गर्न लागेका हौं’ अध्यक्ष वाइबाले भने । महोत्सवमा भारत, अमेरिका, क्यानडा, जापान लगायतको मुलुकबाट पनि सहभागिता रहने महोत्सव निर्देशक जगत तामाङले जनाए ।

‘फिल्महरु धमाधम आइरहेका छन्’, उनले भने, ‘झण्डै एक दर्जन फिल्म प्राप्त भइसकेको छ ।’ महोत्सवको पहिलो चरण अन्र्तगत यसअघि ललितपुरको भारदेउमा ‘दुई दिने चलचित्र स्क्रीप्ट लेखन तालिम’ सम्पन्न भइसकेको उक्त कार्याशालामा तयार पारिएको पटकथामाथि पनि महोत्सवकै सहकार्यमा धमाधम लघु फिल्महरु बनिरहेको महोत्सव संयोजक मीन कुमार मोक्तानल बताए ।

‘महोत्सवमा फिल्म सम्बन्धी प्यानल डिस्कसन, कला प्रदर्शनी, भिजुअल पोइट्री प्रस्तुति समेत हुनेछन्’ उनले भने ।
खाना महोत्सव, पुस्तक तथा तामाङ पोशाक प्रदर्शनी पनि समेत हुने महोत्सवमा छानिएका फिल्महरुले ग्राण्ड जुरी, बेष्ट डकुमेन्ट्री, बेष्ट सर्ट फिल्म, अडियन्स च्वाइस र इन्करेज्मेन्ट अवार्डका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्