मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

Bus accident1
लाेकपाटी न्यूज

क्वालालम्पुर, २५ चैत । मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई नेपालीसहित ८ जनाको ज्यान जानुका साथै १४ जना घाइते भएका छन् ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् । यद्यपि नेपाली दूताबासले यसको पुष्टि भने गरेको छैन ।

घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको वनाइउकाे छ । उनीहरु मध्ये तीन जना नेपालीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्