काठमाडौं, २४ चैत । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाइ पक्राउ गरेकाे छ। काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट बर्दिया बडियाताल गाउँपालिका–२ का २४ वर्षीय कमल खत्रीलाई अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई ब्राउनसुगर ४ ग्रामसहित आइतबार बिहान पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ५ ख ७४ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा बसमा सवार कमलको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरिएको हो ।
यसैगरी काठमाडौंकै नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी ३ सय १ एम्पुलसहित वीरगञ्ज महानगरपालिका–१४ का मनिसकुमार शाहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ८ ख ३७९१ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा मनिसकुमारलाई उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

